सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (पुस २४) छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको दुई लाख ६७ हजार ७०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला चार हजार ९३५ रुपैयाँ थियो ।