सुनको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

मंगलबार, पुस २२, २०८२

हिजो (साेमबार) तोलामा चार हजार ६ सय बढेको सुनको मूल्य आज पनि बढेको छ। 

तोलामा तीन हजार एकसय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ६८ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको आइतबार सुनको मूल्य दुई हजार एकसय रुपैयाँ घटेको थियो भने सोमबार ४६ सय रुपैयाँ बढेको थियो। 

हिजो सुनको मूल्य दुई लाख ६५ हजार रुपैयाँ थियो। 

गत साताका पाँच दिनमा १३ हजार एकसय रुपैयाँ घटेको सुनको भाउ दुई दिनमै तोलामा सात हजार सातसय रुपैयाँ बढेको हो।  

यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। तोलामा १९५  रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ८ सय ८० रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्