सुनको मूल्य ओरालो लाग्यो, तोलाको कतिमा ओर्लियो ?

आइतबार, पुस २०, २०८२

सुनको मूल्यमा आज गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । 

शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्