आज फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, पुस १८, २०८२

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज केही बढेको छ ।

आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्