सोसल मिडिया
युनिकोड
विगत केही दिनदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य आज पनि घटेको छ।
सुनको मूल्य आज तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर दुई लाख ६१ हजार रुपैयाँमा झरेको थियो।
गएको सोमबारदेखि सुनको मूल्य लगातार घट्दै आएको छ। चार दिनमै सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ।
गएको सोमबार सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेको थियो। मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो।
गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेर चारहजार चारसय १५ रुपैयाँमा झरेको छ।