सोसल मिडिया
युनिकोड
चुक्ता पूँजी ४ अर्ब ७२ करोड भन्दा बढी भएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मा आधा आकाशलाई दिईएको छ। महिला प्रधानमन्त्रीले देशै हाँकिरहेका बेला प्रभु महालक्ष्मीमा पनि फेरि महिलालाई नै हाँक्ने जिम्मेवारी दिईएको हो।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले सम्झना अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पदमा महिलालाई नै ल्याईएको हो। भट्टचन बीमा क्षेत्रकै कान्छी अध्यक्ष पनि थिईन्।
कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्। कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व नै अर्यालको रहेको छ। उनीसँग कम्पनीको ३० लाख कित्ता शेयर रहेको छ।