आज पनि उकालो लाग्यो सुनचाँदीकै भाउ, तोलाको कति पुग्यो ?

आइतबार, पुस १३, २०८२

बिगत केही समययता लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज पनि बढेको छ। 

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख ७० हजार ६ सय पुगेको छ। गएको शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार तीनसय पुगेको थियो। 

त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २७० रुपैयाँ बढेर चारहजार आठसय ३५ पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। गएको शुक्रबार चाँदीको भाउ तोलाको चार हजार पाँचसय ६५ रुपैयाँ थियो। 

विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ। 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्