Dashain Banner
Dashain Banner

 “केलाई हतार” गीतका सर्जक सुरेशलाई राप्ती म्युजिकले दियो सर्वोत्कृष्ट शब्द रचना अवार्ड

शनिबार, पुस १२, २०८२

नवौं राप्ती म्युजिक अवार्ड २०८२ भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौँको प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभाहलमा पुस ११ गते सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा सङ्गीतिक दुनियाँका मुर्धन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो। 

लामो समयदेखि सङ्गीतिक यात्रामा हेलिएका सुरेश शिवाकोटीले सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाएका छन्। उनी सहित अन्य धेरैले अन्य विधामा अवार्ड पाएका छन्। “केलाई हतार” गीतबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड प्राप्त गरेका शिवाकोटी शब्द सिर्जनामा अलग्गै पहिचान बनाएका गीतकार हुन्। 

अवार्ड बाट सम्मानित भएका शिवाकोटीले निरन्तर माया, विश्वास र साथ दिने सम्पूर्ण सहयोगी हातहरूका अतिरिक्त राप्ती समाज तथा जूरी मेम्बरहरूलाई हृदयदेखि नै गहिरो कृतज्ञता र हार्दिक धन्यवाद व्यक्त गरेका छन्। 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्