सोसल मिडिया
युनिकोड
साहित्यिक पत्रकार संघको आयोजनमा दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’का लागि कविता आह्वान गरिएको छ ।
समाजसेवी सपना राउतको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता समसामयिक विषयमा आधारित कविता आमन्त्रण गरिएको संघले जनाएको छ । राउत अमेरिका बसोवास गर्दै आएकी साहित्य प्रेमी समाजसेवी हुन् ।
प्रतियोगितामा ४० वर्ष उमेर ननाघेका नेपाली कविहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि कविता अनिवार्य रूपमा अप्रकाशित हुनुपर्ने समेत उल्लेख गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २५ जना सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिएका छन् ।
कविता पठाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको छ । प्राप्त उत्कृष्ट कविताहरूको एक सङ्ग्रह प्रकाशित गर्ने संघको योजनासमेत छ । इच्छुक सहभागीहरूले आफ्ना कविता [email protected] मा पठाउन सकिने संघले जनाएको छ ।