सोसल मिडिया
युनिकोड
यस वर्ष अर्थात सन् २०२५ को ‘मिस नेपाल’को उपाधि लुना लुइँटेल जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिएकी थिइन् ।
यस्तै, मिस अर्थ सोनी घले भएकी छन् । उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ । उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन् ।