Dashain Banner
Dashain Banner

गगन थापाका काका ससुरालाई रोल्पाली आचार्यले सहमहामन्त्रीमा हराए

शुक्रबार, असोज ३०, २०८३

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्।

आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्।

मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दा केसीले २ हजार १५५ मत पाएका छन्।

केसी कांग्रेस सभापति गगन थापाका सहोदर काका ससुरा हुन् । उनलाई रोल्पाली आचार्यले हराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्