Dashain Banner
Dashain Banner

सुनुवाइ समितिले १० देशका राजदूतहरूको नाम सर्वसम्मत रूपमा गर्यो अनुमोदन

बुधबार, असोज २८, २०८३

संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सिंहदरबारमा बसेको समितिको बैठकले सम्बन्धित मुलुकका लागि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र सुनुवाइ प्रक्रिया पूरा गरी उनीहरूको नाम अनुमोदन गरेको हो।समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चीरनजंग थापा र बेलायतका लागि गौरब शमशेर जबराको नाम राजदूत पदमा अनुमोदन गरेको छ।

यस्तै जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ती शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

समितिको बैठकमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँगको द्विपक्षीय सम्बन्ध, आर्थिक कूटनीति, श्रम तथा पर्यटन प्रवर्द्धनका विषयमा आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका थिए।

संसदीय समितिबाट नाम अनुमोदन भएसँगै अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी प्रक्रिया अगाडि बढ्नेछ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकार गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्