एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष भित्र के छ ? सिद्धहस्तले यसरी सुनाए

बुधबार, साउन २८, २०८२

शब्द सृजना र भावको गहिराईमा डुबेर सौन्दर्यमयी साहित्यमा जम्दै आएकी कवि एलिसा ढुंगानाको कविता संग्रह 'सौन्दर्यको भग्नावशेष' बजारमा आएको छ । 

वरिष्ठ कवि तथा गीतकार समेत रहेका नेपाल सरकारका पूर्व सचिव दिनेश अधिकारी, पूर्व अर्थमन्त्री एस्पी कोइराला, डा. नवराज लम्साल, डा. देवी नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रममा 'सौन्दर्यको भग्नावशेष'को विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए । "जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।" वरिष्ठ कवि दिनेश अधिकारीले ढुंगानाको लेखन शिल्पीको तारिफ गर्दै सुनाए।

कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरुमात्र होइन अवसाद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता जस्ताको त्यस्तै पाइने ठहर गर्दै धेरै सिक्न सकिने कुरा को संकेत गरे ।

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरु वाचन गरेका थिए ।

एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्