सोसल मिडिया
युनिकोड
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दशैको सातौँ दिन पशुपतिनाथको दर्शन गरेका छन्। देउवाले वर्षौपछि पशुपतिनाथको दर्शन गरेका हुन्। पशुपतिनाथ दर्शन गर्नुपूर्व उनले गुह्येश्वरी को दर्शन गरेका हुन्।
पशुनातिनाथको दक्षिणमुखबाट महादेवको दर्शन गरेका देउवाले मन्दिर भित्र १५ मिनेट बिताएका थिए। त्यसपछि उन्मत्त भैरवको दर्शन गरेका देउवाले एक फेरो परिक्रमा गरेर बाहिरिएका थिए। स्वकीय सचिव समेत रहेका भतिजा भानु देउवा र नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठको साथमा देउवा पशुपतिनाथ पुगेका हुन्।