Dashain Banner
Dashain Banner

भाले बास्नु अघि नै प्रधानमन्त्री वालेन्द्रकी पत्नी सविनाको शल्यक्रिया, भएको के हो ?

बिहीबार, असोज २९, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगन्जमा आज बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न भएको हो।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको शल्यक्रिया वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको हो।

चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य रहेको छ।

शल्यक्रियाको समयमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं अस्पतालमा उपस्थित थिए।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्