आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, पुस ११, २०८२

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर २ लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्