सोसल मिडिया
युनिकोड
नेपाली बजारमा बिहीबार (पुस १०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम छ । बुधबार (पुस ९) छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।