सुनचाँदी दुबैको मूल्यले हान्यो बाँकटे, तोलाको कति पुग्यो ?

सोमबार, पुस ७, २०८२

सुनको मूल्य तोलामा तीन हजार चारसय रुपैयाँ बढेर आज दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो। हिजो सुनको भाउ तोलाको दुई लाख ५८ हजार तीनसय रुपैयाँ थियो।

गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेर घटेको थियो। आज चाँदीको मूल्य तोलामा एकसय ३५ रुपैयाँ बढेरको छ। 

चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ। 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्