सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सोमबार ऐतिहासिक मूल्य बनाएको सुन मंगलबार भने घटेको छ । यस दिन सुन प्रतितोला १७ सय रूपैयाँले घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
सोमबार (मंसिर २९) दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ कायम भएको छ । अघिल्लो दिन ८७० रुपैयाँमा कारोबार भएको थियो ।