सुनको मूल्य झन् उकालो लाग्यो, हालसम्मकै उच्च हुँदा तोलाको कति पुग्यो ?

सोमबार, मंसिर २९, २०८२

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको  थियो। यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ।

आइतबार एक तोला चाँदी  ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको  थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्