सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार, मंसिर २८, २०८२

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।

गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्