सोसल मिडिया
युनिकोड
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ३ हजार ५०० र चाँदी १०० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ३ हजार ५०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ५६ हजार ६०० कायम भएको छ। अघिल्लो दिन बिहीबार १ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० पुगेको थियो।
यस्तै चाँदीको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार १०० रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ९०५ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो।