राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै, तरलता कायमै

बुधबार, मंसिर २४, २०८२

तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधबार फेरि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । 

अनलाइनमार्फत हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म रकम बोलकबोल गर्न सक्नेछन् । 

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । 

ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । यसको सावाँ तथा ब्याज  आगामी १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्