आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

मंगलबार, मंसिर २३, २०८२

आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्