सुनको भाउ घट्यो, तोलाको कतिमा झर्यो ?

मंगलबार, मंसिर १६, २०८२

स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ३०० रुपैयाँले घट्दै २ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको हो ।

आज चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ५४५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्