सुनको मूल्यमा व्यापक गिरावट, आज तोलाको कति छ ?

आइतबार, कात्तिक ३०, २०८२

सुनको मूल्यमा आज फेरि व्यापक मात्रामा गिरावट आएको छ। आज चाँदीको मूल्य पनि थप घटेको छ।

तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। 

यसअघि गएको बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो भने शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेर दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो। 

सुनको मूल्य तीन दिनमै तोलामा सात हजार चारसय रुपैयाँ घटेको छ। 

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार तोलाको तीन हजार दुईसय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार एकसय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्