सोसल मिडिया
युनिकोड
सुनको मूल्य फेरि आकाशिने संकेत देखिएको छ । अघिल्लो दिन तोलामा २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज दोस्रो दिन आज ४ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबार, सोमबार र मंगलबार दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढ्दै ३ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा ५० रुपैयाँले बढ्दै तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।