सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त 

मंगलबार, कात्तिक २५, २०८२

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् । सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्