सुनको भाउ आज पनि घट्यो, आज तोलाको कति छ ?

बुधबार, कात्तिक १९, २०८२

कार्तिक १९ गते बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्