सोसल मिडिया
युनिकोड
नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।