सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आइतबार (कात्तिक १६) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार (कात्तिक १४) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।