सोसल मिडिया
युनिकोड
पछिल्ला दिनमा बढेको सुनको भाउ निरन्तर घटेको छ। आज मंगलबार तोलामा दुई हजार ९०० रुपैयाँले सुनको भाउ घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, सोमबार तोलामा दुई हजार ९८० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ ।