सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (आइतबार)सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको हो ।
तिहारअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आज आइतबार मूल्य समायोजन गरिएको हो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।