निरन्तर बढेको सुनको भाउ आज घट्यो, तोलाको कतिमा ओर्लियो ?

आइतबार, कात्तिक २, २०८२

नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आइतबार (कात्तिक २) सुनको मूल्यमा उक्त गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावल सुन प्रतितोला दुई लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यो पनि मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्