सुनको भाउले हान्नु सम्म हान्यो बाँकटे, एकैदिन ७ हजार १ सय बढ्दा तोलाको कति पुग्यो ?

शुक्रबार, असोज ३१, २०८२

नेपाली बजारमा आज (शुक्रबार) एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको हो ।

हिजो बिहीबार तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्