सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

बिहीबार, असोज ३०, २०८२

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको छ।

बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार एक तोला चाँदीको मूल्य  ३ हजार २४० रुपैयाँ पुगेको  थियो।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्