झन् बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

बुधबार, असोज २९, २०८२

सुनको भाउ झन् बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । 

यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्