सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन ८ हजार १०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ ।