निरन्तर बढेको सुनको भाउ घट्यो, तोलाको कतिमा ओर्लियो ?

शुक्रबार, असोज २४, २०८२

पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। 

आज सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला तीन हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको छ। चाँदीकाे पनि याे मूल्य हालसम्मकै सबैभन्दा बढी हाे।

गएको आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य लगातार बढेको थियो। 

हिजो सुनकाे मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने बुधबार प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेको थियो। 

गएको आइतबार सुनको भाउ तोलामा सात हजार, सोमबार दुई हजार पाँचसय र मंगलबार दुई हजार तीनसय रुपैयाँ बढेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्