दिनहुँ नयाँ रेकर्ड राख्दै सुनको भाउ, आज तोलाको कति पुग्यो ?

बुधबार, असोज २२, २०८२

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्