सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको कति पुग्यो ?

आइतबार, असोज १९, २०८२

नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ हजार ४ सयले बढेर तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्