यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

आइतबार, असोज १२, २०८२

नेपाल राष्ट्र बैंकले आइतबार (असोज १२)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा, सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १४ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ । अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्