लगातार बढेको सुनको भाउ आज घट्यो

बिहीबार, असोज ९, २०८२

विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज घटेको छ। 

सुनको मूल्य आज तोलामा एक हजार सातसय रुपैयाँ घटेको हो। 

सुनको मूल्य आज दुई लाख २१ हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपेयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँ घटेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्