सोसल मिडिया
युनिकोड
आज (सोमबार)सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गएको शुक्रबारदेखि लगातार बढिरहेको सुन आज प्रतितोला ७ सय बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको हो ।
हिजो दुई लाख १७ हजार एकसय रुपैयाँ कारोबार भएको सुन आज प्रतितोला दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । सुनचाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।