सुन र चाँदी दुवैको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, असोज ३, २०८२

आज  शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।  

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ । पछिल्ला दिनमा सुनको भाउ बढिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्