झन् बढ्यो सुनको भाउ, हालसम्मकै बन्यो उच्च 

मंगलबार, भदौ ३१, २०८२

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ । 

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्