सुनको मूल्य घट्यो, आज तोलाको कति छ ?

आइतबार, भदौ २९, २०८२

गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल २ हजार ५७० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन २ लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने सोही परिमाणको चाँदी २ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्