एभरेष्ट बैंकको जिम्मा फेरि पनि सुदेशलाई, दशैंको मुखैमा दोस्रो कार्यकाल

आइतबार, भदौ २२, २०८२

एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मा सुदेश खालिङ राईलाई नै दिएको छ । खालिङ उक्त बैंकमा दोश्रो कार्यकालका लागि सीईओ छानिएका हुन् ।

असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो। 

बैंकको २२ गते बसेको सञ्चालक समिति बैठकले सीईओ नियुक्तिको निर्णय गरेको हो। 

उनले असोज ८ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ। उनी सिद्धहस्त बैंकरका रूपमा सुपरिचित छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्