सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजार रुपैयाँ बढेर कारोबार भएको हो ।
मंगलबार २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ७ हजार ९ सय कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।
यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।