सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको कति छ ?

आइतबार, भदौ १५, २०८२

शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ। 

सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ बढेर दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको यो भाउ अहिलेसम्मकै सर्वाधिक महँगो हो। सुनको मूल्य शुक्रबार प्रतितोला दुई लाख ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार चारसय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्